Botanix – विरुवाहरुबारेको जर्नल

नेपाली संस्करण

ब्रेडफ्रुट Artocarpus odoratissimus, Marang

ब्रेडफ्रुट (Artocarpus) अन्तर्गत Moraceae (mulberry family or fig family) परिवारका ६० खालका सदावहार प्रजातिहरु पर्दछन्। ती दक्षिणपूर्वी एसिया र प्रशान्त महासागरका टापुहरुमा पाइन्छ। ब्रेडफ्रुटहरु Ficus (fig trees) सँग सम्वन्धित छन्। Artocarpus altilis सवैभन्दा बढी रोपिने ब्रेडफ्रुट हो। ब्रेडफ्रुट परिवारका अन्य प्रजातिहरुमा Artocarpus communis, Artocarpus integer (Cempedak), Artocarpus heterophyllus (Jackfruit, Nangka) and Artocarpus odoratissimus (Marang) पर्दछन्।

यस लेखमा हामीले Marang (Artocarpus odoratissimus) का बारेमा जानकारी दिनेछौं। यो इन्डोनेसियाको बोर्नियो टापुको सदावहार वनस्पति हो। यो नजिकैका देशहरु मलेसिया, थाइल्याड र फिलिपिन्सका पनि पाइन्छ। यसलाई स्थानीय भाषामा Atau, Keiran, Loloi, Madang, Marang, Pi-ien, Pingan, Tarap, Terap, Khanun Sampalor भनेर चिनिन्छ। माथि उल्लेख गरिएको देशबाहेकका देशमा भने यो प्रजाति भेटिएको छैन। १००० मिटरभन्दा बढी उचाईंमा रहेका बलौटे माटो भएका जंगलमा यो पाइन्छ।

Artocarpus odoratissimus को रुख करिव २५ मिटर अग्लो हुन्छ भने यसका पातहरु १६ देखि ५० सेमी लामो र ११ देखि २८ सेमी चौडा हुन्छन्।

यो monoecious भएको कारणले गर्दा एउटा बोट नै फलको उत्पादनका लागि पर्याप्त हुन्छ। यस रुखका फलहरु हरियो रंगका हुन्छन् जो १६ सेमी लामो, १३ सेमी चौडा र १ किलोजति तौलको हुन्छ। यसको बीउ भने सधै खानुभन्दा अगाडि पकाउनुपर्छ।

ब्रेडफ्रुट दक्षिणपूर्वी एसियाका मानिसहरुको महत्वपूर्ण खाना हो। यो फलभित्रको रंग सेतो हुन्छ भने यो अत्यन्त मीठो अनि रसिलो हुन्छ भने यसको बास्ना Durian -Durio, संसारको सवैभन्दा बढी गन्ध आउने फल) को जस्तै हुन्छ।

यसलाई विस्तार गर्ने उत्तम उपाय बीउ हो। ताजा बीउहरु राम्रोसँग टुसाउँछ र टुसाहरु १ हप्ताभित्रै देखिन्छन्। यसको अंकुरण क्षमता भने तीन हप्ताको संचयपछि हराउँदै जान्छ। त्यसकारण, यसका बीउहरु बलौटे, सुख्खा माटोमा रोप्नुपर्छ। बीउबाहेक विरुवाको अन्य भागबाट विरुवा सार्न गाह्रो हुन्छ भने यसलाई रोगहरुले कम मात्र समात्छन्।

ब्रेडफ्रुटले चीसो सहन सक्दैन। तातो ठाउँमा उत्पत्ति भएकोले यो रोपिएक ो स

««« अघिल्लो लेख: कालिमान्टन आँप, कस्तुरी (Mangifera casturi)

शुक्रवार 9.10.2009 08:20 | प्रिन्ट गर्नुहोस् | विदेशी विरुवाहरु

KPR को बारेमा

KPR – मालीहरूको क्लब स्लोभाकिया
KPR – मालीहरुको समूह मालीहरुको एउटा अन्तर्राष्ट्रिय संगठन हो। पूरै पढ्नुहोस्
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।