Botanix – विरुवाहरुबारेको जर्नल

नेपाली संस्करण

कालिमान्टन आँप, कस्तुरी (Mangifera casturi)

कालिमान्टन आँप (Mangifera casturi) वा स्थानीय रूपमा कस्तुरी भनेर चिनिने यो प्रजाति गर्मीमा पाइने फलको रूख हो जुन १० देखि ३० मिटरसम्म अग्लो हुन्छ। यो इन्डोनेसियाको दक्षिण बोर्निओको बन्जारमासिनमा पाइने प्रजाति हो। यसको फल मीठो हुने हुँदा यो क्षेत्रमा यसको खेती निकै हुने गरेको छ।

कालिमान्टन आँप (Mangifera casturi) को फलको आकार अन्य आँपहरूको तुलनामा सानो हुन्छ। यसको एक दानाको वजन ५० देखि ८४ ग्रामसम्म हुन्छ। काँचो अवस्थामा यसको रंग हरियो हुन्छ भने पाकेपछि यो चम्किलो अनि खैरो वा बैजनी रंगको हुन्छ। रंगको ढाँचा पनि यसको अर्को विशेषता हो। Mangifera casturi को तीन प्रकार पाइएको छः Kasturi, Mangga CubanPelipisan। बास्नाको कारणले गर्दा सवैभन्दा चर्चित Kasturi छ। Mangga CubanPelipisan लाइ प्राय फरक प्रजातिको रूपमा लिइन्छ। Pelipisan को कस्तुरीको जस्तै मीठो बास्ना हुन्छ जुन कस्तुरीको हाइब्रिडको रूपमा लिइन्छ। यसको बारेमा विस्तृत विवरणका लागि अनुसन्धान गर्न भने जरूरी छ।

यो फलको गुदी सुन्तला रंगको हुन्छ र बास्ना निकै मीठो हुन्छ। सामान्य आँप (Mangifera indica) सँगको तुलनामा कस्तुरी कम स्वादिलो भएपनि यसको सुगन्ध निकै मीठो हुन्छ। कस्तुरीको गुदीमा निकै धेरै रेशाहरू हुन्छन्।

तस्वीर

" कालिमान्टन आँप (Mangifera casturi) को बारेमा विस्तृत जानकारी, बोर्निओ, इण्डोनेसिया":[http://www.kpr.sk/…toarchiv.php?…]

दक्षिणी बोर्निओ र यसको छिमेकी क्षेत्रमा कस्तुरी निकै चर्चित छ। यसको वास्ना यति मीठो हुन्छ कि त्यस आसपासमा यस्तो गीत गाइन्छः “Seharum kasturi, seindah pelangi, semuanya bermula.” जसको अर्थ हुन्छ ‚कस्तुरीजस्तै सुगन्धित, इन्द्रेणीजस्तै सुन्दर, यो प्रेमले यसको यात्रा शुरू गर्छ।‘

अवैध क्रियाकलापहरूले गर्दा यो प्रजाति लोप हुने क्रममा छ। पुराना कालिमान्टन आँपका रूखहरू यसको काठमा लागि फँडानी भइरहेका छन्। यसलाइ मानिसहरूले सानो परिमाणमा आफ्नो बगैंचा वा बारीहरूमा लगाउँछन्।

अरू छिटो बढ्ने फलको तुलनामा कालिमान्टन आँपलाइ इण्डोनेसियाको त्यति धेरै क्षेत्रमा लगाइदैंन किनभने यो ढिलो बढ्दछ। कालिमान्टन आँप बन्जार जिल्ला (बन्जार जिल्ला बन्जारमसिन जिल्लाभन्दा फरक हो।) को मातारामान क्षेत्रमा मात्र पाइन्छ। मातारामान क्षेत्रका मानिसले १९८० मा खेती गर्न शुरू गरे भने पहिलो पटक २००५ मा स्याहारे। स्थानीय स्तरमा यो फल पर्याप्त मात्रामा पाइए पनि यो मागअनुसार पूरा हुन सकेको छैन।

कालिमान्टन आँपको प्रयोग फल र काठमा लागि मात्र भएको पाइन्छ। यसको पुराना रूखहरूको काण्ड १ मिटरभन्दा बढी हुन्छ तर पनि बन्जारका मानिसहरू यसलाइ फलको रूपमा प्रयोग गर्न चाहन्छन्। यस कारण बन्जारका मानिस अन्य रूखहरूलाइ उनीहरूको काठको स्रोतको रूपमा प्रयोग गर्दछन्। यो फल टिप्नका लागि यसको ठूलो रूखमा चढ्नै पर्छ किनभने पाकेर झरेको फल त्यति मीठो हुँदैन।

यसको फल ताजै रहदाँ खान पनि सकिन्छ अथवा कस्तुरी जामको रूपमा प्रशोधन गर्न पनि सकिन्छ। यो फल बजारमा विक्रि हुँदैन किनभने प्रायजसो मानिसले यसलाइ घरमै खाएर सिध्याउँछन्। यसबाट बनाइने अन्य उत्पादनमा तरकारी, जाम वा डोडोल (परम्पम्परागत खाना) पर्दछन्। यी उत्पादनहरू पाउन गाह्रो पर्दछ किनभने यसको फलको माग बढी छ र बन्जारका मानिसहरूको मनपर्ने फलको रूपमा यो लिइन्छ। यसको मूल्य महंगो भएपनि बन्जारका मानिसहरूले यसको गजवको स्वादका लागि त्यो मूल्य खर्च गर्न तयार हुन्छन्।

««« अघिल्लो लेख: बोलिभियन पहाडी नरिवल Parajubaea torallyi अर्को लेख: ब्रेडफ्रुट Artocarpus odoratissimus, Marang »»»

बुधबार 7.10.2009 09:44 | प्रिन्ट गर्नुहोस् | विदेशी विरुवाहरु

KPR को बारेमा

KPR – मालीहरूको क्लब स्लोभाकिया
KPR – मालीहरुको समूह मालीहरुको एउटा अन्तर्राष्ट्रिय संगठन हो। पूरै पढ्नुहोस्
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।