Botanix – विरुवाहरुबारेको जर्नल

नेपाली संस्करण

चीसो सहने ताडि Rhapidophyllum hystrix (निडल पाम)

तस्वीर

Rhapidophyllum hystrix

Rhapidophyllum hystrix चीसो सहन सक्ने क्षमता भएको ताडिको प्रजाति हो। Rhapidophyllum समूहमा एउटा मात्र प्रजाति छ। ताडिको यो प्रजाति दक्षिणपूर्वी अमेरिकाको चीसो ठाउँमा पाइन्छ। यसको चीसो सहन सक्ने क्षमता -२० डिग्री सेल्सियससम्म हुन्छ। यो विशेष गरी यूरोपका साथै संसारभरि नै बगैंचामा लगाइन्छ।

यो कडा खालको ताडिको प्रजाति हो जुन जम्मा १ देखि ३ मिटरमात्र बढ्छ। Rhapidophyllum Hystrix सानो बुटा खालको ताडि हो जसले स्वतन्त्र रूपमा चुषकहरू निकाल्छ। खाँदिएका काण्डहरूले गर्दा यसले कडा खालको काठ उत्पादन गर्नका लागि प्रयोग हुन्छ। यो निडल पामले स्कन्ध बनाउँदैन तर यसको सट्टामा १.२ मिटर लामो र १७.८ सेन्टिमिटर चौडा शिर बनाउँछ। यसको काण्ड पुराना पात र रेशाबाट बन्दछन्। जव काण्डहरू परिपक्व हुन्छन्, पातको बीचको भाग बढ्दै जान्छ। यसको बीउहरू २० डिग्री सेल्सियस तापक्रम भएको चीसो माटोमा रोप्नु राम्रो हुन्छ। पहिलो तीनसम्म कलिला ताडिका रूखहरूलाइ असिना वा हिउँबाट टाढा राख्नुपर्छ। निडल पाम भने घाम वा छायाँ पर्ने गरी चिसो ठाउँमा राख्नु राम्रो हुन्छ तर अक्षांश बढ्दै गर्दा सूर्यको प्रकाशको आवश्यकता पनि बढ्दै जान्छ। पूरा सूर्यमा बढ्दै जाँदा यसको शिर अलिकति ढल्किन्छ भने यसको पातको रंग पनि हराउँदै जान्छ। यदि १० डिग्री सेल्सियसभन्दा कम तापक्रम हुँदैन भने तीन बर्षभन्दा बढी उमेरका विरूवाहरूलाइ बर्षैभरि नै बगैंचामा राख्न सकिन्छ। चीसो क्षेत्रमा भने तपाइले पर्याप्त हेरचाह गर्नु पर्छ। चीसो मौसममा ताडिको सबैभन्दा ठूलो शत्रु भनेको असिना नभइ चीसो माटो हो। न्यून तापक्रम र धेरै पानीको मात्राले रूखको जरालाइ नष्ट गर्दछ। यो ताडि -१५ देखि -२० डिग्री सेल्सियससम्म बाँच्न सक्छ। यो बाँचेको न्यूनतम तापक्रम भने -२८ डिग्री सेल्सियस हो।

चीसो सहन सक्ने ताडि विक्रिमा

««« अघिल्लो लेख: इन्डोनेसियाका आँपहरू अर्को लेख: बोलिभियन पहाडी नरिवल Parajubaea torallyi »»»

सोमबार 5.10.2009 22:03 | प्रिन्ट गर्नुहोस् | ताडिहरु

KPR को बारेमा

KPR – मालीहरूको क्लब स्लोभाकिया
KPR – मालीहरुको समूह मालीहरुको एउटा अन्तर्राष्ट्रिय संगठन हो। पूरै पढ्नुहोस्
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।