Botanix – विरुवाहरुबारेको जर्नल

नेपाली संस्करण

भारतीय कमल (Nelumbo nucifera)

तस्वीर

भारतीय कमलको फूल

भारतीय कमलको फूल (Nelumbo nucifera) पानीको सतहमा तैरिने हरियो पात भएको सुन्दर जलचर वनस्पति हो। गुलावी रंगको फूलहरू सामान्यतया बाक्लो काण्डहरूमा पानीभन्दा केही सेन्टिमिटर टाढा रहन्छन्।

भारतीय कमलको फूलको धार्मिक महत्व छ र यसलाइ बौद्ध धर्मावलम्वीहरूले धार्मिक समारोहमा प्रयोग गर्दछन्। यो विरूवाको सम्पूर्ण भाग मानिसका लागि उपयोगी हुन्छ तरपनि मुख्यतयाः बीउहरू र जराहरू दक्षिणपूर्वी एसियामा परम्परागत खाने कुराका रूपमा प्रयोग गरिन्छ। भारतीय कमल वाटर लीलीजस्तै गरि उम्रन सक्छ। यो विरूवालाइ उमार्न खासै कठीन छैन तर विधि भने जान्नै पर्छ।

बीउबाट भारतीय कमल उमार्नका लागि बीउको बाहिरको कडा पत्रलाइ स्यान्ड पेपर प्रयोग गरी हटाउनुपर्छ। यसले सजिलोसँग पानीको प्रवेश गराउँछ जुन वीउ टुसाउनका लागि आवश्यक रहन्छ। यदि बीउको पत्र उक्काउन सकिएन भने यो लामो समयसम्म रहन सक्छ।

तस्वीर

टुसाएका भारतीय कमलको फूल

तपाइले बीउबाहिरको पत्र पर्याप्त मात्रामा निकाल्नुभयो कि भएन भन्ने कुरा कसरी थाहा पाउने ? तपाइले पत्र निकाल्नुभएको बीउलाइ २४ घण्टासम्म पानीमा भिजाउनुहोस्, यदि बीउको आकार दोब्बर भयो भने थप पत्र निकाल्नुपर्दैन। यदि यसो भएन भने थप पत्र निकाल्नुहोस् र फेरी २४ घण्टा भिजाउनुहोस् र फेरी हेर्नुहोस्। बीउको आकार दोब्बर नहुँदासम्म यो क्रम जारी राख्नुहोस्।

बीउलाइ पानी मात्र चाहिन्छ

पत्र निकाल्ने प्रक्रिया सकिएपछि बीउलाइ पानी भरिएको भाँडोमा भिजाउनुहोस्। अंकुरणका लागि ठीक तापक्रम २७ र २८ डिग्री सेल्सियस हो (बीउको आकार २० डिग्री सेल्सियसमा पनि दोब्बर हुन सक्छ।) यो तापक्रममा बीउ एक सातामै टुसाउन शुरू गर्छ। तस्वीरका लागि .

पहिलो पात टुसाउनासाथ अंकुरण भएको बीउलाइ हिलो वा अक्वेरियमको पिंधमा रोप्नुहोस्। रोप्ने भाँडोमा पानीको सतह ३० सेमीसम्म राख्नुपर्दछ।

विरूवा बढ्दै जाँदा यसका लागि बढी ठाउँको आवश्यकता पर्दछ। तपाइले यसलाइ विन्टर गार्डेन, ग्रीन हाउस वा अन्य कुनै पानी नजम्ने ठाउँमा रोप्न सक्नुहुन्छ। भारतीय कमलको लागि २० देखि ३५ डिग्री सेल्सियससम्मको तापक्रम उचित हुन्छ

न्यून तापक्रममा पनि यो विरूवा सजिलै बाँच्न सक्दछ। गर्मी महिनामा यसलाइ बाहिरको पोखरीमा राख्न सकिए पनि जाडो मौसममा भने यसलाइ घरभित्रै राख्नुपर्छ। खराव अवस्थामा भने यो वाटर लिलिजस्तै सुस्ताउन सक्छ।

भारतीय कमल उमार्नका लागि सजिलो उपाय भनेको सिमेन्टबाट बनेको ६० वा ८० लिटर पानी अटाउने भाँडो जसको मूल्य करिव १० यूरो पर्छ, त्यसमा उमार्नु हो। माथि भनेजस्तै हिलोको भाँडो वा अक्वेरियमलाइ सिमेन्टको भाँडोमा राख्नुहोस्। त्यो सिमेन्टको भाँडोभरि नै पानी राखिदिनुभयो भने अझ राम्रो हुन्छ।

सिमेन्टको भाँडो प्रयोग गर्नुको अर्को फाइदा भनेको यसलाइ सजिलै घरबाहिर वा भित्र गराउन सकिन्छ। त्यो भाँडो झ्यालको नजिक वा बालकोनीमा राख्नु बेस हुन्छ ताकी त्यसले पर्याप्त घाम तथा ताप पाउन सकोस्। गर्मी महिनामा भने यसलाइ तपाइको बगैंचाको दक्षिणी भागमा राख्नु राम्रो हुन्छ। त्यसपछि तपाइले घरमै पनि भारतीय कमल फुलाउन सक्नुहुनेछ।

««« अघिल्लो लेख: खासी सल्लो (Pinus kesiya) अर्को लेख: बीउबाट आँप उत्पादन »»»

बिहीबार 1.10.2009 07:37 | प्रिन्ट गर्नुहोस् | पानीमा पाइने विरुवाहरु

KPR को बारेमा

KPR – मालीहरूको क्लब स्लोभाकिया
KPR – मालीहरुको समूह मालीहरुको एउटा अन्तर्राष्ट्रिय संगठन हो। पूरै पढ्नुहोस्
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।