Botanix – विरुवाहरुबारेको जर्नल

नेपाली संस्करण

खासी सल्लो (Pinus kesiya)

खासी सल्लो (Pinus kesiya) एसियामा पाइने निकै छिटो बढ्ने विरुवा हो जसलाई एसियाभन्दा बाहिर रोपेको खासै पाइदैंन। यसको रुख ३०–३५ मिटर अग्लो हुन्छ भने यसको काण्डको व्यास १ मिटरसम्म हुन्छ। हरेक हाँगामा तीनवटा काँडाजस्तो पात हुन्छन् जो १५ देखि २० सेन्टिमिटरसम्म लामा हुन्छन्। यस रुखको फल ५ देखि ९ सेन्टिमिटर लामो हुन्छ भने बीउ १.५ देखि २.५ सेन्टिमिटरसम्म लामो हुन्छ।

खासी सल्लोको उत्पादन हिमाली क्षेत्रहरु विशेष गरी उत्तरपूर्वी भारत (अचेल फँडानीले गर्दा माउन्ट खासी र माउन्ट नागामा मात्र), चीन (युनान प्रान्त), बर्मा (म्यानमार), उत्तरी थाइल्याण्ड, लाओस, भियतनाम (लाइ चौ, लांग सन, काउ बाङ, क्वाङ्ग निन्ह) र फिलिपिन्स (लुजोन) बाट शुरु भएको हो। फिलिपिन्समा पाइने सल्लोहरुलाई Pinus insularis भनि छुट्टै प्रजातिको रुपमा पनि लिइन्छ। चीनमा यस्तै खालको प्रजातिलाई युनान सल्लो (Pinus yunnanensis) पनि भनिन्छ।

यो प्रजाति ४.५ पीएच भएको अम्लीय माटोमा अन्य विरुवाहरुसँगसँगै पाइन्छ। यो ८०० देखि २००० मिटरसम्मको उचाईंमा पाइने भएपनि विशेष गरी १२०० देखि १४०० मिटरसम्मको उचाईंमा बढी पाइन्छ। यो क्षेत्रको वातावरण तातो हुन्छ र प्रायः बर्षैभरि सुख्खा रहन्छ। यस क्षेत्रमा ठूलो पानी पर्दछ। विशेष गरी जाडो र गर्मी महिनाको परिवर्तन हुने बेलामा ठूलो बर्ष हुन्छ र यहाँको आर्द्रता ७० प्रतिशतभन्दा बढी हुने गर्दछ।

यो विरुवाले हल्का मात्र चीसो सहन सक्छ तर बढी चीसो भएमा त्यो संवेदनशील हुन्छ। यो खेतीको समयमा यसलाई चीसो नहुने क्षेत्र रोज्नु राम्रो हुन्छ।

अंग्रजी नामः Khasi Pine

विरुवाको अरु नामः Pinus khasya, Pinus khasyanus

अर्को लेख: भारतीय कमल (Nelumbo nucifera) »»»

बुधबार 30.9.2009 09:18 | प्रिन्ट गर्नुहोस् | कोनिफरहरु (शंकुफल फल्ने)

KPR को बारेमा

KPR – मालीहरूको क्लब स्लोभाकिया
KPR – मालीहरुको समूह मालीहरुको एउटा अन्तर्राष्ट्रिय संगठन हो। पूरै पढ्नुहोस्
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।