Botanix – विरुवाहरुबारेको जर्नल

नेपाली संस्करण

ब्रेडफ्रुट Artocarpus odoratissimus, Marang

ब्रेडफ्रुट (Artocarpus) अन्तर्गत Moraceae (mulberry family or fig family) परिवारका ६० खालका सदावहार प्रजातिहरु पर्दछन्। ती दक्षिणपूर्वी एसिया र प्रशान्त महासागरका टापुहरुमा पाइन्छ। ब्रेडफ्रुटहरु Ficus (fig trees) सँग सम्वन्धित छन्। Artocarpus altilis सवैभन्दा बढी रोपिने ब्रेडफ्रुट हो। ब्रेडफ्रुट परिवारका अन्य प्रजातिहरुमा Artocarpus communis, Artocarpus integer (Cempedak), Artocarpus heterophyllus (Jackfruit, Nangka) and Artocarpus odoratissimus (Marang) पर्दछन्।

शुक्रवार 9.10.2009 08:20 | प्रिन्ट गर्नुहोस् | विदेशी विरुवाहरु

कालिमान्टन आँप, कस्तुरी (Mangifera casturi)

कालिमान्टन आँप (Mangifera casturi) वा स्थानीय रूपमा कस्तुरी भनेर चिनिने यो प्रजाति गर्मीमा पाइने फलको रूख हो जुन १० देखि ३० मिटरसम्म अग्लो हुन्छ। यो इन्डोनेसियाको दक्षिण बोर्निओको बन्जारमासिनमा पाइने प्रजाति हो। यसको फल मीठो हुने हुँदा यो क्षेत्रमा यसको खेती निकै हुने गरेको छ।

कालिमान्टन आँप (Mangifera casturi) को फलको आकार अन्य आँपहरूको तुलनामा सानो हुन्छ। यसको एक दानाको वजन ५० देखि ८४ ग्रामसम्म हुन्छ। काँचो अवस्थामा यसको रंग हरियो हुन्छ भने पाकेपछि यो चम्किलो अनि खैरो वा बैजनी रंगको हुन्छ। रंगको ढाँचा पनि यसको अर्को विशेषता हो। Mangifera casturi को तीन प्रकार पाइएको छः Kasturi, Mangga CubanPelipisan। बास्नाको कारणले गर्दा सवैभन्दा चर्चित Kasturi छ। Mangga CubanPelipisan लाइ प्राय फरक प्रजातिको रूपमा लिइन्छ। Pelipisan को कस्तुरीको जस्तै मीठो बास्ना हुन्छ जुन कस्तुरीको हाइब्रिडको रूपमा लिइन्छ। यसको बारेमा विस्तृत विवरणका लागि अनुसन्धान गर्न भने जरूरी छ।

बुधबार 7.10.2009 09:44 | प्रिन्ट गर्नुहोस् | विदेशी विरुवाहरु

बोलिभियन पहाडी नरिवल Parajubaea torallyi

Parajubaea torallyi दक्षिण अमेरिकाको एउटा सुन्दर कडा ताडि हो। यो बोलिभिया, यसको उत्पत्ति स्थानभन्दा बाहिरका मालीहरुले कमै मात्र लगाउँछन् किनकी यसको बीउ ठूलो हुन्छ जसले गर्दा ढुवानी खर्च बढी पर्छ।

यो २७०० देखि ३४०० सम्मको उचाईंको सुख्खा र धुलोमा उम्रन्छ। त्यसकारण यो ताडि संसारकै सवैभन्दा बढी उचाईंमा पाइने ताडिको प्रजाति हो। यहाँको तापक्रम २० सेल्सियसभन्दा बढी विरलै मात्र हुन्छ। जुलाइ र अगस्ट अर्थात जाडो महिनामा यहाँको तापक्रम –७ डिग्रीसम्म पुग्छ र यहाँ बर्षको ५५० मिलिमिटर पानी पर्छ।

मंगलबार 6.10.2009 20:17 | प्रिन्ट गर्नुहोस् | ताडिहरु

चीसो सहने ताडि Rhapidophyllum hystrix (निडल पाम)

तस्वीर

Rhapidophyllum hystrix

Rhapidophyllum hystrix चीसो सहन सक्ने क्षमता भएको ताडिको प्रजाति हो। Rhapidophyllum समूहमा एउटा मात्र प्रजाति छ। ताडिको यो प्रजाति दक्षिणपूर्वी अमेरिकाको चीसो ठाउँमा पाइन्छ। यसको चीसो सहन सक्ने क्षमता -२० डिग्री सेल्सियससम्म हुन्छ। यो विशेष गरी यूरोपका साथै संसारभरि नै बगैंचामा लगाइन्छ।

सोमबार 5.10.2009 22:03 | प्रिन्ट गर्नुहोस् | ताडिहरु

इन्डोनेसियाका आँपहरू

इन्डोनेसियाको बोर्नियो टापुमा प्राकृतिक रुपमै ३४ किसिमका आँपका प्रजाति (Mangifera) पाइन्छन्। यीमध्येका धेरै प्रजातिहरु बनफँडानीका कारणले गर्दा जोखिममा छन्। केही आँपका प्रजातिहरु जस्तैः Kalimantan Mango (Mangifera casturi) पहिले नै लोप भइसकेका छन्।

बोर्नियोका अन्य केही आँपका प्रजातिहरु Mangifera griffithi (स्थानीय रुपमा asem raba, and romian ले चिनिन्छन्।), Mangifera pajang (asem payang), Mangifera quadrifida (asem kipang), Mangifera torquenda (asem putaran) हुन्।

आइतबार 4.10.2009 08:59 | प्रिन्ट गर्नुहोस् | पानीमा पाइने विरुवाहरु

Continue: 1-5 6-9

KPR को बारेमा

KPR – मालीहरूको क्लब स्लोभाकिया
KPR – मालीहरुको समूह मालीहरुको एउटा अन्तर्राष्ट्रिय संगठन हो। पूरै पढ्नुहोस्
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।